दफा ५८
क्षतिपूर्तिको लागि उजुरी गर्न सक्ने
(१) कुनै दलले कुनै सरकारी, सामुदायिक, सार्वजनिक वा निजी सम्पत्तिमा हानी, नोक्सानी पुर्याएमा वा पुर्याउन लगाएमा निजी सम्पत्तिको हकमा सम्पत्ति धनीले र सार्वजनिक वा सरकारी सम्पत्तिको हकमा तोकिएको अधिकारीले त्यसरी हानी नोक्सानी पुगेको मितिले पैंतालीस दिनभित्र त्यसको क्षतिपूर्ति दाबी गरी सम्बन्धित जिल्ला अदालतमा उजुरी गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम परेको उजुरी उपर निर्णय गर्दा सम्बन्धित अदालतले त्यस्तो नोक्सानी वापत मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको क्षतिपूर्ति तिर्ने दायित्व दलको प्रमुख पदाधिकारीको हुनेछ ।
(४) उपदफा (२) बमोजिमको निर्णयमा चित्त नबुझ्ने दलले क्षतिपूर्ति वापत भराउनु पर्ने
रकम धरौटी राखी सम्बन्धित उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।